आईपीएल : दिल्लीमाथि पञ्जाबकाे जित

0
फायल फोटो

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ। दुुबईमा भएको खेलमा पञ्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्लीलाई हराएको हो।

दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

जितसँगै पञ्जाबले १० खेलमा ८ अंक जोडेर तालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने दिल्ली १० खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here