आईपीएल: चेन्नईलाई ७ विकेटले हराउदै राजस्थानले निकाल्यो चौंथो जित

0
फायल फोटो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चौंथो जित निकालेको छ। यूएईको शेख जायद क्रिकेट मैदानमा सोमबारराति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो।

चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गरको हो। राजस्थानको जितमा जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय पारी खेले भने कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे। यस्तै बेन स्टोक्सले १९ र रोबिन उथप्पाले ४ रन बनाए। चेन्नईका दिपक चाहरले २ विकेट लिए भने जोस हाजलउडले १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो। चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित ३५ रन बनाए। यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन र साम करणले २२ रन बनाए। राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १–१ विकेट लिए।

जितसँगै राजस्थानले प्ले अफमा पुग्ने सम्भावना कायमै राखेको छ। १० खेलमा ८ अंक जोडेको राजस्थान लिगको पाँचौं स्थानमा छ। यस्तै १० खेलमा ६ अंक जोडेको चेन्नई तालिकाको पुछारमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here