असई हत्यापछि कैलालीमा नयाँ एसपी

0

कैलाली– प्रदेश दंगा नियन्त्रण प्रहरी गण कञ्चनपुरका एसपी दिलिपसिंह देउवाको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा काज सरुवा भएको छ। एसपी देउवालाई सोमवारदेखि काजमा कैलाली खटाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए। अब कञ्चनपुरको बाणीस्थित दंगा प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी प्रहरी निरीक्षक दिपेन्द्रकुमार पालले सम्हाल्ने छन्।

धनगढी उपमहानगरपालिका –१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इन्चार्ज असई गोविन्द बिकको हत्या भएपछि देउवालाई काजमा कैलाली खटाइएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अनुपम शमशेर जवरालाई कोरोना पुष्टि भएपछि उनी उपचारका लागि काठमाडौंमा छन्। डिएसपी प्रतिक बिष्टले निमित्तको रुपमा काम गरिरहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here