आईपीएल : सुपर ओभरमा पञ्जाबको जित, मुम्बईले गुमायो शीर्ष स्थानमा उक्लने मौका

0
फायल फोटो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबले तेस्रो जित निकालेको छ।

जितसँगै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ। दुई पटकसम्म सुपर ओभरमा पुगेको खेलमा पञ्जाबले दोस्रो सुपर ओभरमा जित निकालेको हो। मुम्बईको यो तेस्रो हार हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो। उता पञ्जाबले पनि २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन नै बनाएपछि खेल बराबरी भएको थियो। सुपर ओभरमा पञ्जाबले ५ रनको लक्ष्य दिएको थियो। मुम्बईले पनि चार रन बनाएपछि खेल दोस्रो पटक सुपर ओभरमा गएको हो।

दोस्रो पटकको सुपर ओभरमा पहिले ब्याटिङ गर्दै मुम्बईले एक विकेट गुमाएर १२ रनको लक्ष्य दिएको थियो। जसमा पञ्जाबले २ बल बाँकी हुँदा जित निकाल्यो। जितपछि पञ्जाबको ६ अंक भएको छ। पञ्जाबसँग हारेको मुम्बईले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here