आईपीएल: बैंगलोरसँग राजस्थान ७ विकेटले पराजित

0

काठमाडौं- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिवार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर बिजयी भएको छ। यूएईको दुबई क्रिकेट रंगशालामा भएको खेलमा राजस्थान रोयल्सलाई रोयल च्यालेन्जर्स बैंगलोरले ७ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले १ सय ७८ रनको लक्ष्य दिएको थियो।

जुन लक्ष्य बैंगलोरले १९.४ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको हो। एबी डिभिलीयर्सले बैंगलोरका लागि २२ बलमा ५५ रन बनाउदै खेल जिताउन सफल भएभने कप्तान विराट कोहलीले ४३ रन बनाउन बनाए। गुर्कीरात सिंह मनले अविजित १९ रन बनाएका थिए भने देवदत्त पाडिकलले ३५ र एरोन फिन्चले १४ रन बनाएका थिए।

यसअघि राजस्थान रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो। जसका लागि कप्तान स्टिभ स्मिथ सर्वाधिक ५७ रन बनाउन सफल भएका थिए। त्यस्तैगरी रोविन उथापाले ४१, जोस बटलरले २४, राहुल तेवाटियाले १९, बेन स्टोक्सले १५ र सञ्जु सामसनले ९ रन बनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here