एनसेलले ल्यायो महिलाका लागि ‘गो सिम’, सिममा आकर्षक सुविधासम्म

0

काठमाडौं- एनसेलले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने उदेश्यले आकर्षक सुविधाकासहितको ‘गो सिम’ ल्याएको छ। आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपतकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाईने, निश्चित नम्बरमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधा भएको यो सिम महिलाहरुका लागि ल्याइएको हो ।

यो सिम ग्राहकले कार्तिक १ देखि नजिकैको एनसेल सेन्टर वा खुद्रा बिक्रेताबाट ९९ रुपैयाँमा खरिद गर्न सक्ने एनसेलले प्रेस विज्ञप्ती जारी गरी जानकारी दिएको छ।

गो सिमको खरिदसँगै ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस प्राप्त गर्ने पनि कम्पनीले जानकारी दिएको छ।

ग्राहकले गो सिम मार्फत दामी म्युजीक तथा हङ्गामा म्युजीक प्रो ३० दिनसम्म निःशुल्क सुचारु गर्न सक्ने पनि कम्पनीले जानकारी दिएको छ।

ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य रातीसम्ममा गरेको पहिलो १०० रुपैयाँ वा त्यसभन्दा बढिको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ। यसरी प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ।

गो सिम प्रयोगगर्ने कोही पनि महिलाले महिलाका क्षेत्रमा कामगर्ने विभिन्न संस्थाहरुमा महिनामा ६० मिनेटसम्म निःशुल्क कल गर्न सक्ने सुविधा समेत छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here