बैतडीको पञ्चेश्वरमा झण्डै २ हजार बेरोजगार सूचीकृत

0

बैतडी – प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बैतडीको पञ्चेश्वर गाउँपालिकामा एक हजार ९२४ जना बेरोजगार सूचीकृत भएका छन् ।

आर्थिक वर्ष २०७७/७८ का लागि पञ्चेश्वर गाउँपालिकामा ५७० महिला र एक हजार ३९० पुरुष रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएको गाउँपालिकाकी रोजगार संयोजक सन्ध्या जोशीले बताईन्।

सरकारले २०७७ साउन ८ देखि भदौ ७ गतेसम्म आफ्नो स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो। तोकिएको समयावधिभित्र फाराम भरेका बेरोजगार व्यक्तिउपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका एक हजार ९२४ व्यक्तिलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको हो। सूचीकृत भएका सबैलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइसकिएको रोजगार संयोजक जोशीले बतँइन्।

मन्त्रालयबाट उक्त सूची हेरेर रकम बाँडफाँड हुने व्यवस्था रहेको जोशीले बताइन। सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने गाउँपालिकाका प्रवक्ता दशरथ मंगोेलाले बताए। एनका अनुसार एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिए बमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइएको हो।

यसैबीच गाउँपालिकामा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत ५१ लाख ७० हजार रुपै‘या आएको छ। उक्त रकमबाट सूचीकृत भएकाहरुले नै रोजगार पाउने छन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here