कैलालीमा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक जना पक्राउ

0

कैलाली-कैलालीको जोशीपुर गाउँपालिका-३ का २८ बर्षीय राजन कठरियालाई प्रहरीले पक्राउ गरेको छ। २८ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा कठरियालाई शुक्रवार विहान प्रहरीले पक्राउ गरेको हो।

कठरियाले ती महिलालाई सुतिरहेको कोठामा जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले घटना सम्वन्धमा थप अनुसन्धान गरिरहको बताईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here