सेतीको परीक्षणमा धनगढीका ३६ सहित सुदूरपश्चिमका ५८ जनामा कोरोना संक्रमण पुष्टि

0

कैलाली-सेती प्रादेशीक अस्पतालमा शनिवार गरिएको कोरोना परीक्षणमा धनगढीका ३६ जनासहित सुदूरपश्चिममा ५८ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ६ सय ३४ जनामा गरिएको कोरोना परीक्षणमा धनगढीका ३६ जनामा पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १६ जना, वडा नम्बर ४ र ५ का ४र४ जना, वडा नम्बर ८ का ३ जना, त्यसैगरी वडा नम्बर २ र ३ का २र२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। यस्तै वडा नम्बर ६, ७, १२, १४ र १८ का एक/एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।

यस्तै कैलालीकै लम्की चुहाका एक जना, गोदावरी नपाका ७ जना, गौरीगंगा नपाका १ जना, कैलारी गापाका २ जना र ठेगाना नभएका कैलालीका एक जनामा कोरोना पुष्टि भएको छ। यस्तै कञ्चनपुरको पुनर्वासका ४ जना, बेलौरी नपाका १ जना, भीमदत्त नपाका २ जना, डडेल्धुरा आलितालका १ जना र डोटीको जोरायलका १ जनामा कोरोना पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here