शनिवार डडेल्धराको प्रयोगशालामा १४ जनामा कोरोना पुष्टि

0

कञ्चनपुर- डडेल्धुरा अस्पतालको प्रयोगशालामा १४ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय २८ जनाको परीक्षण गरिएकोमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ३ जना, परशुराम नगरपालिकाका २ जनामा र आलिताल गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले जनाकारी दिए।

उनका अनुसार दार्चुलाको मार्मा गाउँपालिकाका ३ जना तथा बैतडीको पाटन नगरपालिकाका ४ जना र पञ्चेश्वर गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here