नेपाल प्रहरीमा ५ हजार २२७ जनाको भर्ना खुला

0

काठमाडौं-प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा नयाँ भर्ना लिने भएको छ। रिक्त रहेको प्रहरी जवान (जनपद) पदका लागि ५ हजार २ सय २७ जना खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार नयाँ भर्ना लिने भएको हो।

प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, सातवटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर, दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने जनाइएको छ।भर्ना हुन इच्छुकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here