दशैँतिहारमा नेपाल टेलिकमको अफरै अफर

0

काठमाण्डौं– नेपाल टेलिकमले चाडवाडलाई लक्षित गरि मोबाइल सेवामा अफरै अफर उपलब्ध गराएको छ। टेलिकमले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म लागू हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफरलाई फेस्टिभल अफर उपलब्ध गराएको हो।

समर अफरअन्तर्गत विभिन्न प्याकेज उपलब्ध गराएको टेलिकमले त्यसमा थपरपरिमार्जन गरी अटम अफर उपलब्ध गराइएको छ। यो योजना बिहीबारदेखि ९० दिन लागू हुने टेलिकमले जनाएको छ। कार्यालयका अनुसार पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएको र केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएको छ।
अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध छ। यसअन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँमा युट्युब अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुने भएको छ।

यी अफर खरिद गरे पश्चात् सहुलियत स्वरुप १५ मा ३ दिनसम्म सबै किसिमका एप्लिकेशन प्रयोग गर्न सकिने एक जिबी डाटासमेत खरिद गर्न सकिने छ। यसअघि ४० रुपैयाँमा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब त्यही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइएको छ। त्यसैगरी १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुने भएको छ।

पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याक अन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन्। त्यसैगरी राति १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत् राखिएका छन्।

यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनै पनि समय चलाउन मिल्ने प्याक १५ रुपैयाँमा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी उपलब्ध हुने भएको छ। त्यसैगरी ‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिने भएको छ।

वान डे डाटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोल्युम पनि पहिलेभन्दा बढी हुने भएको छ। यस अन्तर्गत १० रुपैयाँमा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र १८ रुपैयाँमा २५० एमबी डाटा उपलब्ध भइरहेकोमा अब त्यही प्याकेज १५ रुपैयाँमा उपलब्ध हुने भएको छ।

फेस्टिभल अफरका रुपमा दशैँरतिहार र छठ पर्वलाई समेत समेटी जीएसएमरसीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइने भएको छ। यसमा रिचार्ज कार्डबाट ५० रुपैयाँ रिचार्ज वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा त्यही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुने छ। रिचार्जकार्डबाट १०० रुपैयाँ वा एमपोसबाट ५१ देखि १०० रुपैयाँ रिचार्ज गर्दा त्यही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ।

रिचार्ज कार्डबाट २०० वा एमपोसबाट १०१ देखि २०० रुपैयाँ रिचार्ज गर्दा त्यही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिने भएको छ। एमपोसबाट २०१ देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा त्यही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिने छ।

यसैगरी, रिचार्ज कार्डबाट ५०० वा एमपोसबाट ५०० देखि ९९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुने छ। साथै, रिचार्ज कार्डबाट १ हजार वा एमपोसबाट १ हजार हजार वा त्यसभन्दामाथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १ सय मिनेट बोनस प्राप्त हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here