आईपीएल : मुम्बईको छैठाै‌ं जित, कोलकता ८ विकेटले पराजित

0
फायल फोटो

इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले छैठौं जित निकालेको छ। आबुधाबी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सले कोलकता नाइटराइडर्सलाई ८ विकेटले हराउदै छैठौं जित निकालेको हो। जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४८ रन बनाएको थियो। खराब सुरुवात गरेको कोलकताले १८ रनमा पहिलो विकेट गुमायो। त्यस्तै ३३ रनमा दोस्रो विकेट खेर फालेको उसले ४२ रनमा तेस्रो विकेट गुमायो।

६१ रन बनाउँदा पाँच विकेट खेर फालेको कोलकताका लागि अन्तिममा प्याट कुमिन्स र इयोन मोर्गनले सम्हालेका थिए। छैठौं विकेटका लागि उनीहरुले ८७ रनको साझेदारी गरे।

जवाफमा मुम्बईले १६ ओभर ५ बलमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। मुम्बईका लागि कप्तान रोहित शर्माले ३५ रन बनाए भने सूर्यकुमार यादवले १० तथा क्विन्टन डी ककले अविजित ७८ रन बनाए। जसमा उनले ४३ बलमा नौ चौका र तीन छक्का प्रहार गरे भने हार्दिक पाण्डेयले २१ रन थपे।

यो जितसँगै मुम्बईको १२ अङ्क भएको छ। दिल्लीको पनि समान १२ अङ्क भए पनि रन रेटका आधारमा दोस्रो स्थानमा झरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here