कञ्चनपुरका चार जना सहित शुक्रबार सुदूरपश्चिमका ५६ जना कोरोना पोजेटिभ

0

कञ्चनपुर- कञ्चनपुरका चार जना सहित शुक्रबार सुदूरपश्चिमका ५६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ४७ जनामा कोरोना पोजेटिभ देखिएको हो।

अस्तालका अनुसार शुक्रबार कञ्चनपुरका शुक्रबार कैलालीका ४३ जना र कञ्चनपुरका चार जनाको संक्रमण पुष्टि भएको हो।

यस्तै डडेल्धुरा प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नौ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका दुई जना सुरक्षाकर्मी रहेका छन् भने अमरगढी नगरपालिका ३, ५ र ८ मा तीन जना र आलिताल गाउँपालिका ५ का एक जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी दार्चुलाको महाकाली नगरपालिकाका तीन जनामा समेत कोरोना पोजेटिभ देखिएको छ।

योसँगै शुक्रबार सुदूरपश्चिम प्रदेशमा ५६ जनामा कोरोना पोजेटिभ देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here