कोरोनाः सांसद निरु पाललाई थप उपचारका लागि काठमाडौं लगियो

0

कञ्चनपुर– कोरोना पोजेटिभ देखिएपछि गृह जिल्ला कञ्चनपुरमै उपचार गराइरहेकी प्रतिनिधि सभाकी सांसद निरु पाललाई थप उपचारका लागि काठमाडौं लगिएको छ। संघीय संसदको महिला तथा सामाजिक समितिकी अध्यक्ष समेत रहेकी पाललाई बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार महेन्द्रनगरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको थियो।

निमोनिया, मुटु तथा फोक्सोको पुरानो बिरामी समेत रहेकी सांसद पाललाई थप उपचारका लागि शुक्रवार काठमाडौं लगिएको हो। उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडांै लगिएको महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिए।

उनका अनुसार बिहीबार पालको स्वास्थ्यमा समस्या देखिएपनि शुक्रबार भने स्वास्थ्य अवस्था सामान्य थियो। ‘उहाँ मुटु तथा फोक्सोको पुरानो बिरामी पनि हुनुहुदो रहेछ, अहिले निमोनिया पनि देखिएको थियो,’ उनले भने, ‘हिजो त स्वास्थ्य अवस्था अलि गम्भीर थियो, तर आज सामान्य भइसकेको थियो।’ पाललाई अस्पतालले रिफर गरेको नभइ पार्टीको दवावमा काठमाण्डौं लगिएको उनले बताए। ‘माननीयले त जान खोज्नु भएको थिएन,’ उनले भने, ‘तर केन्द्रबाटै बढी प्रेसर आएर होला भर्खरै हेलिकप्टरमार्फत काठमाडौं पठाइयो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here