सुदूरपश्चिममा ६५ औं प्रहरी दिवसः एसएसपीदेखि प्रहरी जवानसम्म २७ जना पुरस्कृत

0

डम्मर गिरी, कैलाली–सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले ६५ औं प्रहरी दिवसका अवसरमा उत्कृष्ट प्रहरी कर्मचारीलाई शुक्रवार नगदसहित पुरस्कृत गरेको छ। संघीय प्रहरी ईकाइ कार्यालय धनगढीमा आयोजित समारोहमा सुदूरपश्चिमका विभिन्न जिल्लामा कार्यरत २७ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको हो।

उक्त अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल प्रहरीले गरेको कार्यको प्रशंसा गरे। उनले अपराधि भन्दा दुई कदम प्रहरी अगाडी हुनुपर्नेमा जोड दिए। ‘नेपाल प्रहरीले राष्ट्र, राष्ट्रियता, जनताको हितका लागि सहनीय कार्य गरेको छ,’ मन्त्री भट्टले भने,–‘परम्परागत भन्दा पनि संगठनले अहिले प्रविधीयुक्त भएर चल्नुपर्छ।’

आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले प्रदेश प्रहरी ऐन निर्माणका लागि रणनीति बारे विज्ञसँग सल्लाह गरेर छिट्टै कार्य अगाडी बढ्ने बताए। उनले प्रहरीले अन्य भन्दा पनि चेन अफ कमाण्डमा चल्नुपर्नेमा जोड दिए। प्रदेशमा शान्ति सुरक्षा अमनचयनका लागि पनि प्रदेश प्रहरी गठन छिटो गर्ने आश्वासन दिए।

सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) उत्तमराज सुवेदीले अपराध अनुसन्धानका लागि नयाँ प्रविधीको प्रयोग गर्नुपर्ने बताए। नयाँ नयाँ प्रविधीको तिव्र रुपमा विकास भईरहेकाले अनुसन्धानका लागि त्यस्ता प्रविधी आवश्यक रहेको उनले बताए।

कार्यक्रममा पुरस्कृत हुनेमा संघीय ईकाई कार्यालय धनगढीका एसएसपी नल प्रसाद उपाध्याय, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंह, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनी, अछामका डीएसपी योगेन्द्रसिंह थापा, बैतडीका डिएसपी नारायण प्रसाद अधिकारी, सशस्त्र प्रहरी गुल्म धनगढीका इन्सपेक्टर नरेन्द्र बहादुर चन्द, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल डोटीका इन्सपेक्टर दिपक पातली, संघीय प्रहरी ईकाई कार्यालय धनगढीका सई जंगबहादुर शाह रहेका छन्।

यस्तै सई मीनबहादुर धामी, जीत बहादुर देउवा, असई रैभानसिंह ऐर, मानमति धामी, प्रहरी हवल्दार सिद्धराज विष्ट, नन्दराम कठायत, अम्मरराम लुहार, हिराकुमारी उपाध्याय, जनक कुमार बोगटी, शान्ति पौडेल, तर्कराज पाण्डे पनि पुरस्कृत भएका छन्।

यस्तै जवानहरु भरतबहादुर विष्ट, धनबहादुर चन्द, भरत विक, अर्जुन विक, महादेव सिंह कार्की, विरेन्द्र सिंह धामी, जितेन्द्र साहु पुरस्कृत भए। यस्तै सई केशव जोशीलाई प्रशंसा पत्र प्रदान गरिएको छ। कार्यक्रममा राष्ट्रका लागि बलिदान दिएका अमर प्रहरीका परिवारलाई कदर पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा सुदूरपश्चिम पृतनापति एवम् उपरथी निर्मल कुमार थापा, सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी बलका डिआइजी हरिशंकर बुढाथोकी, कैलालीका प्रमुख जिल्ला अधिकारी, विभिन्न जिल्लाका सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो।

संस्था र व्यक्तिलाई कदर–पत्र
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयन प्रभावकारी ढंगबाट गर्न सहयोग पुर्याउने टीकापुर नगरपालिका–२ कैलालीका पुर्व सई मोहन नाथ योगी, सोही क्षेत्रमा सहयोग पुर्याएको भन्दै जानकी गाउँपालिका कैलाली, पदम पव्लिक मुक्तिनारायण मावि सिलगढी, बैतडीको सुर्नया गाउपालिका –८ का प्रजापति मडै र राष्ट्रिय दलित नेटवर्क बैतडीलाई कदर पत्रले सम्मान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here