‘अच्युत–मिना’ स्मृति पुरुस्कारका लागि ११ लाखको अक्षयकोष स्थापना

0

कञ्चनपुर-पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले ‘अच्युत–मिना’ स्मृति पुरुस्कारकालागि ११ लाखको अक्षय कोषको स्थापना गरेको छ। आफूले उर्जाशिल समय व्यथित गरेको अर्थात् जिवनको महत्वपूर्ण समय योगदान पुर्याएको प्रहरी संगठनका सदस्य जसले कर्तब्य पालनाका सिलसिलामा विरगति प्राप्त गर्नेहरुका सन्तानलाई प्रोत्साहन गर्ने हेतुले छात्रवृत्ती प्रदान गर्नका लागि सम्झौता गरिएको छ।

खरेलले कर्तब्य पालनाका सिलसिलामा विरगति प्राप्त गर्ने प्रहरी जवान, प्रहरी हवलदार, प्रहरी सहायक निरीक्षक, प्रहरी नायव निरीक्षकका सन्तान मध्ये एक छोरी र एक छोरालाई जनही तीन लाखको छात्रवृत्ती सहित सम्मानपत्र प्रदान गर्ने गरि सम्झौता भएको हो। प्रहरी संगठनसमक्ष पूर्व आईजीपी खरेलले गरेको सम्झौतामा ११ लाखको अक्षयकोष स्थापना गर्ने उल्लेख छ।नेपाल प्रहरी संगठनले आफ्नो जन्मदिवसको कार्यक्रम मनार्इ रहँदा पूर्व प्रहरी महानिरीक्षक खरेलले प्रहरी संगठनसमक्ष यस्तो सम्झौता गर्नु भएको हो ।

‘अच्युत–मिना’अमर प्रहरी पुरस्कार नाम दिइएको उक्त कोषका लागि पूर्व महानिरीक्षक खरेलले प्रतिवर्ष छात्रवृत्ती अन्तर्गत ६० हजार र सम्मानपत्र तयार गर्न ४ हजार गरी ६४ हजार उपलब्ध गराउने सहमती भएको छ। साथै, उनले देहवसानपछि अच्युत–मिनाका सन्तान डा.आयुष र डा.चाँदनीले ११ लाखको अक्षयकोष स्थापना गरिदिने पनि सहमती पत्रमा सम्झौता भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

नेपाल प्रहरी संगठनसँग व्यक्तिगत सम्झौता गरी छात्रवृत्ती कोषको स्थापना गर्ने पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल पहिलो व्यक्ति हुन्। यसअघि पनि नेपाल प्रहरीका चारै क्षेत्रीय स्कुलमा विभिन्न कालखण्ड र विभिन्न पदमा रहँदा पूर्व प्रहरी महानिरीक्षक खरेलले संगठनका जवान, हवलदारका गरिव तथा जेहन्दार सन्तानलाई अक्षयकोष उपलब्ध गराएका छन्।

त्यसैगरी, २०५७ सालमा अवकाशमा गएका खरेलले तत्काल प्राप्त मासिक पेन्सन ८ हजार ५ सय ११ रुपैयाँ समेत संगठनका सिपाही, हवलदारका गरिव एवम् जेहन्दार सन्तानलाई प्रत्येक महिना छात्रवृत्ती स्वरुप प्रदान गर्ने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here