६५ औं प्रहरी दिवसः पूर्ण शान्ती पुरस्कार सइ चन्दलाई, लाइफ टाइम अचिभमेन्ट पूर्व एसपी केसीले पाउँदै

0

काठमाण्डौ– यो वर्षको पूर्ण शान्ती पुरस्कार प्रहरी नायव निरीक्षक (सइ) कृष्ण बहादुर चन्दले पाएका छन्। नेपाल प्ररीको विशेष ब्यूरोमा कार्यरत उनलाई ६५ औं प्रहरी दिवसको अवसरमा सो पुरस्कारका लागि छनौट गरिएको हो।

नेपाल प्रहरीमा पूर्ण शान्ती पुरस्कारलाई विशेष महत्वका रुपमा हेरिने गरेको छ।

त्यसैगरी, यो वर्षको लाइफटाइम अचिभमेन्ट पूर्व एसपी तुला बहादुर केसीले पाएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले लाइफ टाइमअचिभमेन्ट पुरस्कार प्रदान गर्ने कार्यक्रम छ।

त्यसैगरी सर्वोत्कृष्ट अनुसन्धान अधिकृतमा महानगरिय प्रहरी परिसर ललितपुरका सइ सुवास कटुवाल छानिएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी बेलबहादुर पाण्डे उत्कृष्ट अनुसन्धान, डीएसपी दिप्ती कार्की उत्कृष्ट व्यवसायीक प्रहरी र नेपाल प्रहरी अस्पतालका एसएसपी डा. सञ्जय विक्रम श्रेष्ठ उत्कृट कोभिड व्यवस्थापक पुरस्कारबाट पुरस्कृत हुदैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here