आईपीएलमा पञ्जाबको दोस्रो जित, बेङ्ग्लोर ८ विकेटले पराजित

0
फायल फोटो

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा किंग्स इलाभेन पञ्जाबले दोस्रो जित निकालेको छ। बिहिबार राति भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो।

सारजाहमा बेङ्लोरले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले अन्तिम बलमा निकालोस पुरनले छक्का प्रहार गर्दै जित दिलाएका थिए। पञ्जाबले २ विकेट गुमाएर लक्ष्य भेटाएको हो।

जारी सिजनमा पहिलो पटक मैदान उत्रिएको हार्ड हिटर ब्याट्सम्यान क्रिस गेलले अर्धशतकीय पारी खेले। उनी ५३ रन बनाएर रन आउट हुन पुगेका थिए।

पञ्जाबको पारीको सुरुवात केएल राहुल र मयंक अग्रवालले गर्दै ७८ रनको साझेदारी गरेका थिए। अग्रवाल ४५ रन बनाएर आउट भएपछि साझेदारी तोडियो। अग्रवालले २५ बलमा चार चौका र तीन छक्का प्रहार गरे।

त्यसपछि क्रिजमा आएका क्रिस गेलले आक्रामक पारी खेले। ४५ बल फेस गरेका गेलले पाँच छक्का र एक चौकाको मद्दतले ५३ रन प्रहार गरे। अन्तिम ओभरको एक बल बाँकी छँदा गेल रन आउट हुँदा १७१–२ रहेको थियो।

त्यसपछि क्रिजमा आएर एक मात्र बल फेस गरेका निकोलस पुरनले छक्का प्रहार गरेपछि पञ्जाब दोस्रो जित दर्ता गर्न सफल भयो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बेङ्लोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनायो। बेङ्लोरको पहिलो विकेटका लागि आरोन फिन्च र देवदत्त पडिकलले ३८ रनको साझेदारी गरेका थिए। पडिकल १२ बलमा १८ रन बनाएर आउट भए।

त्यसछि क्रिजमा आएको विराट कोहलीले भने उत्कृष्ट प्रदर्शन गरे। उनी अर्धशतकबाट २ रनले पछि रहे। कोहली र फिन्चले बेङ्लोरको पारी अघि बढाएका थिए। फिन्च व्यक्तिगत २० रन बनाएर आउट हुँदा बेङ्लोरको स्कोर ६२–२ रहेको थियो। त्यसपछि क्रिजमा आएका वासिङ्टन सुन्दर पनि धेरै बेर टिक्न सकेनन्। उनी व्यक्तिगत १३ रन बनाएर पभेलियन फर्किए।

टिमको स्कोर १२७ रन भएका बेला शिवम् दुवेलाई गुमाएको थियो। दुवे २३ रन बनाएर आउट भएका थिए। एबी डेभिलियर्स भने आज चल्न सकेनन्। उनी जम्मा २ बलमा आउट भएका थिए। टिमको स्कोर १ सय ३६ रन भएका बेला कप्तान कोहली व्यक्तिगत ४८ रन बनाएर आउट भए । उनी छैठौं विकेटको रुपमा आउट भएका हुन्। कोहलीले ३९ बलमा तीन चौका प्रहार गरेका थिए।

क्रिस मोरिस र इसुरु उडान नटआउट रहे। मोरिसले ८ बलमा २५ रन बनाए भने उडानाले ५ बलमा १० रन जोडे। अन्तिम ओभरमा २४ रन आएपछि बेङ्लोरले १ सय ७२ रनको लक्ष्य दिन सफल भयो। पञ्जाबका लागि मुरुगन अश्विन र मोहम्मद सामीले समान दुईरदुई विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here