नेपाली कांग्रेस कैलालीद्धारा सुझाव संकलन

0

नेपाली-कांग्रेस कैलालीको आयोजनामा नयाँ क्रियाशिल सदस्यता र क्रियाशिल सदस्यता नबिकरणको कार्यलाई प्रभावकारी बनाउन राय , सल्लाह र सुझाब संकलन कार्य सम्पन्न भएको छ।नेपाली कांग्रेस महासमिती , महाधिवेशन , पूर्व र बर्तमान केन्द्रीय सदस्य, भातृ एब शुभेच्छुक सस्थाका केन्द्रीय पदाधिकारी एबम सदस्य र जिल्ला सल्लाहकार समितिका सदस्य हरुसग राय सल्लाह र सुझाव लिएको हो।

नेपाली कांग्रेसको बिद्यान बमोजिम महाधिवेशनका लागि क्रियाशिल सदस्यता बितरण , नबिकरण , महाधिवेशनका प्रारम्भिक कार्य रहेका छन्। यी कार्य राम्रो सँग गर्न सकिएन भने बिबाद सिर्जना भयो भने यसले अधिबेशनलाई नै प्रभाव पर्न सक्ने भएकाले यो बा बारेमा सबैको राय सल्लाह लिईएको जिल्ला सभापती नरनारायण शाह मनुले जानकारी दिए।

नेपाली कांग्रेसको १४औ महाधिवेशनका लागि गर्नुपर्ने नयाँ क्रियाशिल सदस्यता बितरण , नबिकरण कार्यलाई पारदर्शी र कार्यकर्ताको क्रियाशिलताका आधारमा बितरण गर्नुपर्ने र बिधान तथा नियमावलीमा भएको ब्यवस्थालाई कडाइका साथ पालना गर्नु पर्ने सहभागिले आफनो सुझाब दिएको कुरा प्रशिक्षण शाखाका सचिब नृप बहादुर सुनारले जानकारी दिएका छन।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार गत अधिबेशनमा भएका क्रियाशिल सदस्य सख्या बराबर सतप्रतिशत नयाँ क्रियाशिल सदस्यता वार्ड तहमा पठाउने, गत निर्वाचनमा पार्टीका विरुद्धमा स्वतन्त्र उम्मेदवर भएका र तिनका समर्थकलाई बिधान बमोजिम कार्बाही भएकाले निजहरुको क्रियाशिल सदस्यता भने नबिकरण नगरिने परिपत्रमा उल्लेख गरिएको छ।

यस पटक गाउपालिकाका वार्डमा कम्तिमा ४५ जना , नगरपालिकाका वार्डमा कम्तिमा ५१ जना र उपमहानगरपालिका वार्डमा कम्तिमा ५७ जना क्रियाशिल सदस्यता सख्या अनिबार्य बनाउनु पर्ने बिधान तह ब्यवस्था रहेको पनि जानकारी गराइएको थियो ।

बिधानमा यसपटमा नयाँ क्रियाशिल सदस्यता बितरण कार्य सघिय क्षेत्रीय कार्य समिती र नबिकणको जिम्मा जिल्ला कार्य समितिलाई दिइएको छ। साथै प्रतिनिधि वार्ड तहबाट आउदा ८ वटा कलष्टर बाट जन सख्याका आधारमा दलित, महिला, आदिबासी, जनजाती, खस,आर्य, मधेसी, मुस्लिम , पिछडिएको क्षेत्र रहेका छन। कैलाली जिल्लामा नयाँ क्रियाशिल सदस्यता र नबिकरणका लागि फारम जिल्लामा पुगि सकेको र आगामी मसिर ४ गते बस्ने नेपाली कांग्रेस कैलालीको जिल्ला कार्य समितिको बैठकबाट निर्णय गरि मसिर महिना भित्र नबिकरण र पौष महिना भित्र नयाँ क्रियाशिल सदस्यता बितरणको प्रक्रिया प्ररारम्भ हुने कुराको पनि जानकारी गराइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here