प्रजिअको टोलीद्धारा सीमा स्तम्भहरुको अनुगमन

0

कञ्चनपुर– जिल्ला सुरक्षा समिति कञ्चनपुरको टोलीले सीमा स्तम्भहरुको अनुगमन सुरु गरेको छ। सीमा क्षेत्र, सीमा स्तम्भ र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) हरुको अवस्थाका बारेमा बुधबार समितिले भीमदत्त नगरपालिका–९ स्थित टुडीखेल क्षेत्रबाट अनुगमन सुरु गरेको हो।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्द मरासिनी, सशस्त्र प्रहरीका एसपी विरेन्द्र ऐर, अनुसन्धान विभागका उपनिर्देशक, नेपाली सेनासहितको सहभागीता रहेको छ। टोलीले सीमाक्षेत्रसँगै सीमास्तम्भ र खोलानाला र त्यसको जोखिमका बारेमा अनुगमन गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए।

उनले पछिल्लो समय सीमाक्षेत्रमा बिओपीको स्थापना गरिएकाले तिनको अवस्था, चुनौती लगायतका विषयमा समेत अनुगमन भइरहेको बताए। ‘हामीले अहिले भीमदत्तको टुडीखेलबाट सीमा क्षेत्र र सीमास्तम्भहरुको अनुगमन सुरु गरेका छौ,’ उनले भने, ‘त्यो सँगै धेरै ठाउँहरुमा बिओपीको पनि स्थापना भएको छ र थप स्थापनाका लागि तयारी पनि भइरहेको छ। त्यसैले तिनको अवस्था कस्तो छ? के के समस्या वा चुनौती छन? त्यसको पनि अनुगमन गरिरहेका छौ।’ उनले यो अनुगमन नितान्त सुरक्षा समितिको भएको बताउदै स्थानीय र राजनीतिक दलका प्रतिनिधिहरुसँग भने कुनै किसिमको छलफल नगरिने बताए। बुधबार भीमदत्त नगरपालिका–९ टुडीखेलबाट माहाकाली नगरपालिका–९ सुन्दरनगरसम्म अनुगमन गरिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here