‘राप्रपाले जम्बो केन्द्रीय समिति बनाएर जग हँसायो’

0
राप्रपा केन्द्रीय सदस्य हेमबाबु लेखक।

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टीकै एक केन्द्रीय सदस्यले पार्टी एकीकरणका नाममा ७२७ सदस्यीय जम्बो केन्द्रीय समिति गठन गरिएको भन्दै आपत्ति जनाएका छन्। युवा नेता हेमबाबु लेखकले महाधिवेशनले निर्दिष्ट गरेको केन्द्रीय समिति संख्यालाई पुनः बढाइएको भन्दै यस्तो कार्यले जग हँसाएको टिप्पणी गरेका हुन्।

राप्रपा र राप्रपा संयुक्त एकीकरण पश्चात् बन्न लागेको केन्द्रीय समितिको सदस्य मनोनित भएको २४ घण्टा नबित्दै लेखकले आपत्ति प्रकट गरे। उनले आफ्नो फेसबुकमा राप्रपाको केन्द्रीय समिति बढीमा ४५ सदस्यीय हुनुपर्ने र त्यसैमध्येबाट ११ सदस्यीय सचिवालय पर्याप्त हुने सुझाव दिएका छन्। उनले काठमाण्डुमा सिमित नेताको चाकरी, चाप्लुसी गर्ने, गाउँमा संगठन नबनाउने, भएका कार्यकर्ता पलायन हुने, समर्थक र शुभचिन्तक घट्दै गइरहेको तर्फ गम्भीर नभएको तर जम्बो केन्द्रीय समिति बनाएर जग हँसाएको टिप्पणी गरे। एकीकरणअघि पनि लेखक राप्रपा केन्द्रीय सदस्य र सुदूरपश्चिम प्रवक्ता थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here