जे देखियो मालपोत कार्यालय टीकापुरमा (भिडियो)

0
भुमी सुधार तथा मालपोत कार्यालय टीकापुरमा सेवाग्राहीको भीड ।

कञ्चनपुर- भुमी सुधार तथा मालपोत कार्यालय टीकापुरमा सेवाग्राहीको भीड बढेपछि कोरोना संक्रमणको जोखिम बढेको छ। कार्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्न नसक्दा कोरोनाको उच्च जोखिम देखिएको हो।

सरकारले सामाजिक दूरी, मास्क, सेनीटाइजरलगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्न आग्रह गरिरहेको छ। तर मालपोत कार्यालय टीकापुरमा भने एकैपटक सयौंको संख्यामा सेवाग्राही सेवा लिन मालपोत कार्यालय पुगेका छन्। जसले गर्दा स्वास्थ्य सुरक्षाको सामान्य मापदण्ड समेत पुरा हुन सकेको छैन।

यसअघि, सोमबार मात्रै भूमी सुधार तथा मालपोत कार्यालय कैलालीका एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो। कर्मचारीमा संक्रमण देखिएपछि अन्य कर्मचारीको समेत स्वाव संकलनका लागि भन्दै कैलालीमालपोत कार्यालयले कार्तिक ३ गतेसम्मका लागि कार्यालय बन्द गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here