सुरेन्द्र पाल

इन्सपेक्टरमा भर्ना भएपछि एक वर्षे तालिम सकेर मेरो दरबन्दी काठमाडांैस्थित केरकार तथा अनुसन्धान कार्यालयमा भयो। त्यहाँ काम गर्न थालेको पनि दुई÷तीन वर्ष भईसकेको थियो। त्यतिबेला काठमाडौं ‘भ्याली’ मा मूर्ति चोरीका घटनाहरु बढेका थिए। उक्त क्षेत्रबाट धेरै मूर्तिहरु चोरी भइसकेका थिए।

केरकार तथा अनुसन्धान विभाग तिनै मूर्तिको खोजीमा थियो। विभागका प्रमुख थिए डिएसपी अच्युतकृष्ण खरेल। खोजी गर्ने क्रममा काठमाडांैमै भरत गुरुङको संरक्षणमा रहेका एक व्यक्तिको घरबाट ११ वटा मूर्तिहरु बरामद भए। मेरै नेतृत्वमा गएको टोलीले ती सामान बरामद गरेको थियो।

गुरुङ धिरेन्द्र सरकार निकट थिए। यो कुरा २०३९ साल तिरको हो। त्यतिबेला नेपाल प्रहरीको आइजिपी डिवी लामा हुनुहुन्थ्यो। मूर्ति बरामद भएको कुरा आइजिपीलाई जाहेरी गरेपछि उहाँ रिसले चुर हुनुभयो। ‘जान्नु बुझ्नु केही छैन्, जे पायो त्यहि गर्छन्, लफडा मलाई हुन्छ’ भन्दै उहाँले खरेल साप (डिएसपी) लाई हप्काउनु भयो। राजपरिवार निकटका मान्छेको घरबाट मूर्ति बरामद गरेको भन्दै आइजी साप असन्तुष्ट हुनुहुन्थ्यो।

आइजिपी सापले मलाई पनि खुब झपार्नु भयो। ‘बुझ्नु सुझ्नु केही छैन, खाली बवाल मात्रै गर्छाै’ भन्दै हुनुहुन्थ्यो। तर राज परिवार वा अन्त कतैबाट कुन किसिमको दवाव आए–नआएको बारेमा भने हामीहरुलाई केही बताउनु भएन। बताउने कुरा पनि थिएन। खरेल सापले ‘तपाइलाई अप्ठेरो भए धिरेन्द्र सरकार सँग म आफै कुरा गर्छु’ पनि भन्नुभयो। तर, त्यसका लागि पनि आइजि साप तयार हुनु भएन।

त्यतिबेला धिरेन्द्र सरकार पुलिस क्लबमा खेल्न आउनुहुन्थ्यो। एक दिन बिहान हामीहरु पुलिस क्लबमा तिनै मूर्तिहरुका विषयमा कुराकानी र छलफल गरेर बसिरहेका थियौं। अकस्मात धिरेन्द्र सरकारको सवारी भयो। सबै लाइनमा उभियौं। आइजिपी सापले गाडीको ढोका खोल्नुभयो। सरकार बाहिर उत्रिने वितिक्कै सबैले स्यालुट ठोक्यौं। डिएसपी खरेल सापले झट्ट भनिहाल्नु भयो, ‘एउटा कुरा जाहेर गर्ने अनुमति माग गर्छु सरकार।’ सरकारले अनुमति दिएपछि खरेल सापले घट्नाको बेलिबिस्तार लगाउनु भयो।

सरकारले आइजिपी लामालाई ‘कसैबाट केही दवाव आएको छ र?’ भन्दै प्रश्न गर्नुभयोे। आइजिपी सापले छोटोमा ‘छैन, छैन’ भन्दै उत्तर फर्काउनु भयो। त्यसपछि सरकारबाट ‘गलत कुरा कानून अनुसार हुन्छ, यसमा पनि त्यसै अनुसार कारवाही प्रक्रिया अगाडी बढाउनु’ भन्ने आदेश भयो।

यति कुरा भएर धिरेन्द्र सरकार क्लब भित्र छिर्नुभयो। आइजीपी सापले डिएसपी खरेल सापको सातो लिनुभयो। धिरेन्द्र सरकारसँग सोझै कुरा गरेको भन्दै उहाँ रिसले चुर हुनुभएको थियो। बढी जान्ने भएको भन्दै मलाई पनि झपार्नु भयो आइजि सापले। पछि बुझ्दा आइजिपी लामा सापलाई मूर्ति बरामद भएको विषयमा कतैबाट पनि कुनै किसिमको दवाव आएको रहेनछ। तर उहाँ त्यतिकै दरबारबाट दवाव आएको भन्दै डिएसपी साप र मलाई हप्काउनु हुन्थ्यो। पञ्चायतकालमा दरबार भन्ने वितिक्कै सबै डराउथे। धिरेन्द्र सरकारलाई थाहै नभएको मुद्धामा पनि उहाँको नाम जोड्ने काम गलत भएको थियो। तर, राज परिवारका सदस्यले कहिले पनि आफ्नो मान्छे भनेर जोगाउने वा कानून विपरित हुने काम गरेको मैले देखेको छैन। मेरो सम्झनामा छैन्।

राज परिवारका सदस्यहरु कानून अनुसारनै कारवाही हुनुपर्छ भन्ने अडानमा जहिल्यै अडिग भएको पाएको छु। अहिले राजनीतिक दलका नेताहरु आफ्ना नातागोतादेखि कार्यकर्तालाई जोगाउन अनेक हत्कन्डा अपनाउछन्। त्यतिबेला कानूनको कार्यान्वयन कस्तो हुन्थ्यो भन्ने कुरा यो घटनाले पनि प्रष्ट पार्छ। सार्वजनिक पदमा बसेकै व्यक्तिले समेत राज परिवारका सदस्यको नाम जोडेर बदनाम गर्न खोजेको पनि बेला बेलामा देखिन्छ।
(नेपाल प्रहरीका पूर्व डिआईजी पालसँग गरिएको कुराकानीमा आधारित )

1 COMMENT

  1. डी.एस.पी.र इन्सपेक्टर माथि बित्थैमा डी.बि.लामा किन खन्निनुभएको रहेछ ? अलि बुझ्न सकिएन । कतै भरत गुरुड०संगको तालमेल त होइन ! दरबारले त आफ्नो बिबेक गुमाएको रहेनछ !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here