धान पाकेर पहेँलपुर (फोटो फिचर)

0

कञ्चनपुर– यहाँका किसानलाई धान भित्र्याउने चटारो छ। समयमै मनसुन भित्रिएपछि किसानहरुले यसवर्ष बेलैमा रोपाई गर्न पाएका थिए। तर लकडाउनका कारण मलखाद नपाएर चिन्तित बनेका किसानहरु यतिबेला धानबाली पाकेसँगै खुशी भएका छन्।

कञ्चनपुरका अधिकांश क्षेत्रमा असार महिनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको छ। कसैलाई धान काट्ने चटारो छ भने कसैलाई काटेको धान भित्र्याउने हतारो छ। एकाबिहानै खेतमा पुग्ने किसानहरु दिउँसोको घाममा समेत खेतमै व्यस्त देखिन्छन्। सलह किराको खासै प्रभाव नपरेपनि फड्के किराले भने झण्डै १० हेक्टर क्षेत्रफलको धानबालीमा क्षति गरेको छ।

धान बाली यहाँका किसानको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको छ। धान बेचेरै उनीहरु घरायसी र अन्य खर्चको जोहो गर्छन्। जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, पुनर्वास, लालझाँडी, बेलडाँडी तथा कृष्णपुरलगायतका क्षेत्रमा धान बालीको उत्पादन अन्य क्षेत्रको भन्दा बढी हुने गरेको छ।

कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गर्ने गर्दछन्। कञ्चनपुरमा झण्डै ३८ हजार हेक्टर जग्गामा धानखेती हुँदै आएको छ।

तस्विरहरुः दुर्गा उपाध्याय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here