गण्डकी बोर्डिङका पुर्व विद्यार्थीद्वारा बैतडीका विपन्नलाई राहत

0

बैतडी – गण्डकी बोर्डिङ स्कुल पोखराका पूर्व विद्यार्थीहरुको संगठन (एग्बोसा) ले लकडाउनका कारण प्रभावितहरुलाई राहत वितरण गरेको छ। संगठनले बैतडीको पञ्चेश्वर गाउँपालिका –५ गिरेगडाका दलित, विपन्न, अपांग र एकल महिलाहरुलाई सहयोग गरेको हो।

संगठनले गाउँपालिका र प्याब्सन बैतडीको सहकार्यमा गिरेगडाका १ सय परिवारलाई नुन, तेल, दाल, चामल र तरकारी लगायत खाद्यान्न सहयोग गरेको बैतडी प्रतिनिधि राजेन्द्र चन्दले बताए। उनका अनुसार १ लाख ६० हजार रुपैया बराबरको राहत सामग्री वितरण गरिएको हो। गण्डकी बोर्डिङ स्कुलका पुर्व विद्यार्थीहरुको संगठन एग्बोसाले देशैभरि विभिन्न किसिमका गतिविधिहरु गर्दै आएको छ। कोरोनाका कारण पछिल्लो समय अप्ठेरोमा परेकाहरुलाई खाद्यान्न लगायतको राहात वितरण गरिरहेको चन्दले बताए।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here