काठमाडाैं – आगलागीमा परी गम्भिर घाइते भएका अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–८ कोसेडीका हिमराज रोका मगरको निधन भएको छ ।
२१ वर्षको उमेरमा आइतवार राति कीर्तिपुर बोर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । फागुन १३ गते घरमा आगलागी हुँदा मगर गम्भिर घाइते भए पछि उपचारका लागि कीर्तिपुर बोर्न अस्पतालमा लगिएको थियो ।
उनको आज अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।
Facebook Comments Box