धनगढी : तराईमा पनि स्याउ फलेको छ। लम्कीचुहाका गोकर्ण ओलीले एचआर ९९ नामको स्याउ (ट्रोपिकल एप्पल) फलाएका हुन्।
गोदावरी ड्रागन फ्रुटका संचालक ओलीले गर्मी मौसममा फल्ने एचआर ९९ नामको स्याउ एक बर्षअघि १२ सय बोट भारतबाट ल्याइएर लम्कीचुहा ९ प्रतापपुरमा ३ बिगाहामा स्याउ लगाएका थिए। अहिले बोटमा फल लाग्न सुरु भएको कृषक गोकर्ण ओलीले बताए।
सामान्यत स्याउ हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने गरेको पाइन्छ।
Facebook Comments Box