hilltake everestbank
 जसपाले बेलायो विधान अधिवेशन समितिको बैठक

जसपाले बेलायो विधान अधिवेशन समितिको बैठक

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक चैत ७ गते बस्ने भएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको सो बैठक बस्ने भएको हो । विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए ।

gimigroup

जसपाले विधान संशोधनका लागि विधेयक तयार गरिसको छ । चैत्र १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन पनि दिई सकेको छ । जसपाले चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ । भर आन्दोलन भइरहेका बेला मुख्यमन्त्रीको यस्तो टिप्पणी आएको हो ।

नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुङ्गा आएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोशी नाम सर्वस्वीकार्य भएकाले तत्काल परिवर्तन नहुने प्रस्ट पारे ।

लामो समय नामविहीन प्रदेशमा आफू मुख्यमन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले ‘कोशी’ नाम पारित गराएको बताउँदै उनले नाम संशोधनका विषयमा छलफलसमेत नहुने दोहोर्‍याए । नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न उनले आग्रह गरे ।

प्रदेशको नाम संशोधन गर्न आन्दोलन गर्नेहरूले जिताएर पठाएकै सांसदहरूले कोशी नामकरण गरेको भन्दै मुख्यमन्त्री कार्कीले सांसदको प्रस्तावमा राखिएको नामका विषयमा सरकारविरुद्ध आन्दोलन गर्नुको औचित्य नभएको उनले बताए ।

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *