hilltake everestbank
    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय

   प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।

लोसपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो। लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ।

gimigroup

बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ। यसअघि लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षी बेन्चमा बसेको थियो। लोसपाको तर्फबाट प्रतिनिधिसभामा चार सांसद छन्।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *