hilltake everestbank
 सिंहदरवार भित्र दरबन्दी बढाएर एसपी खटाउने तयारी

सिंहदरवार भित्र दरबन्दी बढाएर एसपी खटाउने तयारी

काठमाडौँ –  सिंहदरवार भित्र रहेको नेपाल प्रहरीको गणमा प्रहरी उपरीक्षक (एसपी) राख्ने तयारी भएको छ। नेपाल प्रहरी सिंहदरवार सुरक्षा गणमा डिएसपीको नेतृत्वमा अहिले एक सय ३५ जना सुरक्षाकर्मी कार्यरत छन्।

खासगरी सिंहदरवार भित्रै संघीय संसद् र राष्ट्रिय सभाको कार्यालय रहने भएपछि सुरक्षा वन्दोवस्ती बढाउनुपर्ने देखिएपछि दरबन्दी बढाएर एसपीलाई नेतृत्व दिन लागिएको हो।

gimigroup

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले एसपी दरबन्दी राख्ने तयारीका बारेमा छलफल भएको पुष्टि गरे।

सिंहदरवार भित्र गणमा राखिएका सुरक्षाकर्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र सञ्चार मन्त्रालयमा समेत खटिँदै आएका छन्। त्यसैगरी सिंहदरवारको पूर्वी र दक्षिण गेटमा २४ सै घण्टा प्रहरी खटिँदै आएका छन्।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *