hilltake everestbank
 प्रधानमन्त्रीले पेश गर्नुपर्ने विधेयक मन्त्रीलाई पेश गर्न लगाइएको भन्दै एमालेको आपत्ति

प्रधानमन्त्रीले पेश गर्नुपर्ने विधेयक मन्त्रीलाई पेश गर्न लगाइएको भन्दै एमालेको आपत्ति

काठमाडौँ – नेकपा एमालेले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्‌मा प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने भन्दै रुलिङ माग गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले विरोध गर्दै प्रधानमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङ माग गरेका हुन्।

नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने र प्रधानमन्त्री संसदमा भएको बेलामा अन्य मन्त्रीलाई किन लगाइयो? भन्ने औचित्य पुष्टि गर्न माग गरे।

gimigroup

उनले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न दिनु संसदको गरिमालाई अवहेलना गर्नु रहेको दाबी गरे। उनले सरकारले संसदमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ नदिएको भन्दै प्रधानमन्त्रीलाई यसबारेमा पनि जवाफ दिन सभामुखसमक्ष रुलिङ माग गरे।

उनले भने, ‘यो संसदको गरिमा त्यसबेलासम्म रहन्छ, जब सरकार जन्माउने यो संसदलाई प्रधानमन्त्रीले, सरकारले महत्व दिन्छ। यो संसदभित्र विधेयक प्रस्तुत गर्ने प्रधानमन्त्री हुँदाहुँदै प्रधानमन्त्रीले प्रस्तुत गर्ने विधेयकलाई अर्को मन्त्रीलाई ट्रान्सफर गर्नुको औचित्य के हो? यो भनेको संसदको गरिमालाई अवहेलना गर्नु हो।’

त्यस्तै, नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्रीले नै पेश गर्नुपर्ने बताए। उनले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न लगाउनु उचित नहुने बताए।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *