hilltake everestbank
 बाजुरामा विद्यार्थीको चुनावमा झडप, मतदान रोकियो, प्रहरीद्वारा अश्रुग्यास प्रहार

बाजुरामा विद्यार्थीको चुनावमा झडप, मतदान रोकियो, प्रहरीद्वारा अश्रुग्यास प्रहार

धनगढी-  बाजुरामा विद्यार्थीको चुनावमा लफडा भएको छ। आज (आइतवार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर जिल्लाको बुढीनन्दा क्याम्पसमा लफडा भएको हो।

प्रहरीका अनुसार विद्यार्थीहरुबीच झडप भएपछि त्यहाँ अहिले मतदान रोकिएको छ। नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको वाम–लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरुबिच झडप भएको हो।

gimigroup

स्ववियु निर्वाचन मतदानको क्रममा दुई पक्षबीच झडप हुँदा मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए। मतदानको क्रममा दुई पक्षबीच झडप भएपछि प्रहरीले भिड नियन्त्रण गर्नका लागि अश्रुग्यास प्रहार गरेको गरेको डीएसपी बोहोराले बताए।

बोहोराले अहिले बैठक बसेर कतदान पुनः सुरु गराउन पहल भैरहेको जनाए। यस्तै झडपमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणममा समेत लिएको जनाएको छ। आज बिहानैदेखि दुवै पक्षको बीच लगातार चर्कार्की भइरहेको थियो। सो क्याम्पसका ४ सय १२ जना मतादाता छन्।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *