hilltake everestbank
 चितवनको क्रिकेट स्टेडियम सरकारले पुरा गर्नु पर्छ : रघुजी पन्त

चितवनको क्रिकेट स्टेडियम सरकारले पुरा गर्नु पर्छ : रघुजी पन्त

काठमाडौँ – नेकपा एमालेका सांसद रघुजी पन्तले चितवनमा क्रिकेट स्टेडियम बनाउन आग्रह गरेका छन् ।

संसद्कै शून्य समयमा उनले धुर्मुस सुन्तलीले थालेको रङ्गशाला पूरा गर्न सरकाले आग्रह गरेका हुन् ।

gimigroup

उनले भने, ‘सरकारले विजेता टोलीलाई एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गरेर मात्र काम चल्दैन । त्यो चितवनको स्टेडियम त्यत्तिकै थन्किएर बसेको छ बेवारिसे भएर, त्यसलाई सरकारले तुरुन्त लिनु पर्‍यो र निर्माण सम्पन्न गर्नु पर्‍यो ।’

खेलाडीहरूसँग अपेक्षा गर्ने, जितेको बेलामा एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गर्ने र अघिपछि कानमा तेल हालेर बस्ने गरेको भन्दै उनले आपत्ति जनाए ।

पन्तले त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर कीर्तिपुरको क्रिकेट स्टेडियमलाई विस्तार गर्न र मुलपानीको क्रिकेट स्टेडियम बनाउन पनि माग गरे ।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *