hilltake everestbank
 जनयुद्धका सहिद कतिपय जीवित भेटिएपछि अद्यावधिक गरेर सहिदको लिस्ट पुनः राजपत्रमा प्रकाशित गर्ने तयारी

जनयुद्धका सहिद कतिपय जीवित भेटिएपछि अद्यावधिक गरेर सहिदको लिस्ट पुनः राजपत्रमा प्रकाशित गर्ने तयारी

काठमाडौँ – जनयुद्धमा सहिद भएकाहरूको लिस्टको अद्यावधिक गरिने भएको छ ।  तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद भएकाहरूको लिस्टको अद्यावधिक गरिने भएको हो । सरकारले ८ हजार ३ सय ७१ जनाको नाम राजपत्रमा प्रकाशित गरे पनि कतिपय नाम छुटेपछि पुनः अद्यावधिक गर्न लागिएको हो ।

जनयुद्धमा सहिद भएका कतिपय जीवित भेटिएका र कतिपयको नाम छुटेकाले अद्यावधिक गर्न निर्देशन दिएको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ ।

gimigroup

गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयबाट सहिदका नामहरू सङ्कलन हुने जनाइएको छ भने नाम आएपछि राजपत्रमा पुनः प्रकाशित गरेर पुस्तकको रूपमा तयार गरिने स्रोतको भनाई छ । जनयुद्धमा सहिदको सम्मानका लागि राजपत्रमा प्रकाशित गरेर व्यवस्थित गर्न लागिएको हो ।

पहिलो पटक प्रचण्ड प्रधानमन्त्री भएका बेला जनयुद्धका मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गरिएपनि सहिदको नाम राजपत्रमा प्रकाशित नभएपछि आधिकारिक हुन सकेको थिएन । अहिले प्रचण्ड प्रधानमन्त्री भएपछि सबै जनयुद्धमा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गरिएको हो ।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *