hilltake everestbank
 सडकमा अचेत फेला परेका सशस्त्र इन्स्पेक्टरको उपचारका क्रममा मृत्यु

सडकमा अचेत फेला परेका सशस्त्र इन्स्पेक्टरको उपचारका क्रममा मृत्यु

काठमाडौं –सडकमा अचेत फेला परेका सशस्त्र प्रहरी बल, नेपालका निरीक्षक (इन्स्पेक्टर) को उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौंको नागार्जुन बस्ने सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोक बैण्ड गुल्ममा कार्यरत इन्स्पेक्टर ४३ वर्षीय तीर्थ ढुंगेलको मृत्यु भएको हो।

gimigroup

ढुंगेल शनिबार अपाराह्न ४:५० बजे भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ स्थित भाटभटेनी सुपरमार्केट राधेराधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टमा गएका थिए। त्यहाँबाट फर्किने क्रममा आफैं सडकमा लडेर अचेत रहेको अवस्थामा स्थानीयले फेला पारेका थिए।

स्थानीयले उनलाई दखेपछि बा २ ज २४५६ नम्बरको ट्याक्सी चढाएर एक जना महिला र अन्दाजी १२/१५ वर्षका किशोरले गरेर मध्यपुर अस्पताल पुर्‍याएका थिए। बेलुका ५:३० बजे सोही अस्पतालमा उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *