७ दिनभित्रमा सवारी लाइसेन्स दिने व्यवस्था गर्दैछौं: यातायातमन्त्री श्रेष्ठ

एकैदिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ– आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको खरिद बिक्री भएको थियो । सुनको भाउ अझै बढ्ने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायतका कारण सुनको भाउ बढेको हो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।