hilltake everestbank
 बैतडीमा सार्वजनिक जमिन प्रयोग गरि बनाइएका संरचनामाथि चल्याे  डोजर

बैतडीमा सार्वजनिक जमिन प्रयोग गरि बनाइएका संरचनामाथि चल्याे डोजर

बैतडी – जिल्लाकाे पाटन नगरपालिकाले नगरभित्र अनधिकृत रुपमा बनेका भौतिक संरचना भत्काइएको छ।

पाटन बजार क्षेत्रमा निर्माण भएका अनधिकृत संरचना नगरपालिकाले भत्काउन सुरु गरेको हो। बजार क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएका संरचनाहरु डोजर चलाएर भत्काएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए।

gimigroup

सार्वजनिक जमीन मिचेर निर्माण गरिएका संरचना हटाउन नगरपालिकाले ३५ दिने सूचना जारी गर्दा समेत वेवास्ता गरेपछि नगरपालिकाले डोजर चलाएको हो।

पाटन बजार क्षेत्रमा सडक चौडा पार्नका लागि ठेक्का सम्झौता भइसकेको अवस्थामा अनधिकृत संरचना भत्काइएको नगर प्रमुख रावलले बताए। सार्वजनिक जमीन प्रयोग गरेर निर्माण गरिएका अनधिकृत संरचना भत्काउने कार्य जारी रहने नगरपालिकाले जनाएको छ।

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *