hilltake everestbank
 साइकल भीरबाट खस्दा दार्चुलामा दुई विद्यार्थी घाइते

साइकल भीरबाट खस्दा दार्चुलामा दुई विद्यार्थी घाइते

दार्चुला – दार्चुलामा साइकल भीरबाट खस्दा दुई विद्यार्थी घाइते भएका छन् ।

महाकाली नगरपालिका– ९ स्थित सकारको भीरमा साइकल खस्दा सवार दुई विद्यार्थी घाइते भएका हुन् ।

gimigroup

घाइते हुनेमा नौगाड गाउँपालिका–६ का १८ वर्षीय बिरेन्द्र ठगुन्ना र महाकाली नगरपालिका–६ का १७ वर्षीय भाष्कर भाट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बिरेन्द्र ठगुन्नालाई जिल्ला अस्पताल दार्चुलामा उपचारपछि घर पठाइएको छ भने भाष्कर भाटलाई गम्भीर चोट लागेकाले थप उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको छ ।

दुबै जना एकै साइकलमा सवार रहेको र साइकल सडकबाट अन्दाजी ४० मिटर तल महाकाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

उनी मालिकार्जुन नमूना मावि धापमा अध्ययनरत विद्यार्थी हुन् ।

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *