hilltake everestbank
 स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा बैतडीका दुई वटा क्याम्पसमा ताला, थप एकमा निर्वाचन अवरुद्ध

स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा बैतडीका दुई वटा क्याम्पसमा ताला, थप एकमा निर्वाचन अवरुद्ध

बैतडी – सिगास शिक्षा क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ। उक्त क्याम्पसका निर्वाचन अधिकृतले राजीनामा दिएपछि क्याम्पस प्रमुख रविन्द्र सिंह धामीले अर्को सूचना नहुँदासम्म स्ववियु निर्वाचन स्थगित भएको बताए।

सिगास शिक्षा क्याम्पसमा नेपाल विद्यार्थी संघ बाहेकका तीनवटा संगठनले निर्वाचन प्रक्रियामा आपत्ती जनाउँदै आएका थिए।

gimigroup

ती संगठनहरुले भर्ना नभएका विद्यार्थीको नाम पनि मतदाता नामावलीमा प्रकाशित भएको, निर्वाचन नियमावली अनुसार प्रक्रिया अवलम्बन नगरेको, सबै संगठनहरुलाई सर्बदलीय बैठकमा नबोलाएको र नेवि संघलाई मात्र सर्बसम्मत गर्ने बदनियतका साथ निर्वाचन प्रक्रिया अघि बढाएको आरोप लगाएका थिए।

अनेरास्ववियुका अध्यक्ष नरेन्द्र साउद, अखिल क्रान्तिकारीका संयोजक गणेश बम तथा अखिल ९क्रान्तिकारी० विप्लव समूहका संयोजक सुरेन्द्र धामीले यसअघि नै संयुक्त बिज्ञप्ति मार्फत बिरोध जनाएका थिए।

यता जिल्ला सदरमुकामको बैतडी शिक्षा क्याम्पसमा तालाबन्दी भएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ। नेवि संघले निर्वाचन समिति निष्पक्ष नभएको भन्दै ताला लगाएपछि निर्वाचन प्रक्रिया अवरुद्ध बनेको हो।

सो क्याम्पसका निर्वाचन अधिकृत रामचन्द्र ओझाले स्ववियु निर्वाचन अनिश्चितकाल सम्मका लागि स्थगित भएको बताए।

नेवि संघले बैतडी शिक्षा क्याम्पसमा ताला लगाएपछि सो को बिरोधमा अनेरास्ववियुले गोठालापानीको जगन्नाथ बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ। बैतडी शिक्षा क्याम्पसमा बिना कारण ताला लगाइएको र खोल्न पहल नभएको भन्दै जगन्नाथ क्याम्पसमा ताला लगाएको अनेरास्ववियुका जिल्ला अध्यक्ष नरेन्द्र साउदले बताए।

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *