hilltake everestbank
 अवैध रुपमा भारतबाट भित्र्याइएका सामान बरामद

अवैध रुपमा भारतबाट भित्र्याइएका सामान बरामद

महेन्द्रनगर – भन्सार छलेर भारतबाट भित्र्याइएका सामान बरामद गरी कैलाली प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ। १ लाख ८२ हजार ३५० रुपैया मुल्य बराबरका सामान भन्सार कार्यालयमा बुझाएको हो।

शनिबार इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी नायव निरीक्षक जोगी साउँदको कमाण्डमा खटिएको टोलीले वडा नं.३ बजिर चौराहस्थित भित्री सडक खण्डमा बेवारिसे अवस्थामा ती सामान बरामद गरेको थियो।

gimigroup

प्लाष्टिकका बाल्टिन, पोलिथिन, बेल्ट, एयरफोन गरी करिब १ लाख ८२ हजार ३५० रुपैयाँ मुल्य बराबरको सामान रितपूर्वक बरामद गरी आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय सत्ती पठाइएको प्रहरीले जनाएको छ।

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *