hilltake everestbank
 वामपन्थी एकताको दवाब दिन धनगढीबाट सँगीत अभियात्रा सुरु

वामपन्थी एकताको दवाब दिन धनगढीबाट सँगीत अभियात्रा सुरु

धनगढी: धनगढीमा आज राष्ट्रका लागि सँगीत अभियात्रा नामक कार्यक्रम सम्पन्न भएको छ। शनिवार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा कम्युनिस्ट पार्टीका विभिन्न संगठनहरुले उक्त कार्यक्रम गरेका हुन्।

नेपालका सम्पूर्ण वामपन्थी शक्तिहरुलाई एक ठाउँमा ल्याउन र कम्युनिस्ट एकताका लागि दवाब दिन जन साँगीतिक कार्यक्रम गरिएको बताइएको छ। सो कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (बहुमत) जनमोर्चा, मसाल लगायतका कम्युनिस्ट नेता तथा कार्यकर्ताको सहभागिता थियो।

gimigroup

नेकपा एमालेका स्थायी कमिटी सदस्य सहित रहेका नेता मणि थापा, जनवादी गायकद्वय उदय श्रेष्ठ, जीवन शर्मा लगायतले सो अभियानको थालनी गरेका हुन्। कार्यक्रममा जनयुद्धताको झल्को दिने गीत, कथा तथा नाटकहरुसहित विभिन्न राष्ट्रियता झल्कने गीतहरु प्रस्तुत गरिएको थियो। सुदूरपश्चिमबाट सुरु भएको यो अभियात्रा देशैभर चल्ने जनाइएको छ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *