hilltake everestbank
 नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा पडाल

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा पडाल

काठमाडौं – नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा भीम पडाल निर्विरोध निर्वाचित भएका छन् । शनिबार धनगढीमा सम्पन्न संघको १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पडालको अध्यक्षतमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको साधारण सभा तथा अधिवेशनबाट पुस्तक तथा स्टेशनरी व्यवसायमा योग्दान पुर्याउँदै आएका व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मान हुनेमा जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक संयोजक खगराज भुषाल र पवन पुस्तक पसलका सञ्चालक वेदप्रकाश चुवाईलाई प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गरिएको छ ।

gimigroup

साधारणसभामा भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय, धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष राजबहादुर ऐर, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मेखराज दाहाल, संघका कञ्चनपुर अध्यक्ष डिआर भट्ट, प्याबसन कैलालीका अध्यक्ष तोपेन्द्र शाह, पत्रकारमहासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले आफ्नो धारणा राखेका थिए । कार्यक्रममको सञ्चालन संघका सचिव सुनिल ओझाले गरेका हुन् ।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *