
राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ
काठमाडौँ – राप्रपाको संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् ।
शनिबार बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो ।

प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् ।