hilltake everestbank
 महेन्द्रनगर बजारको फुटपाथ ओगट्नेलाई ५ हजार जरिवाना

महेन्द्रनगर बजारको फुटपाथ ओगट्नेलाई ५ हजार जरिवाना

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रका सडक पेटीमा मालसमान राख्नेलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिका बैठकबाट सो निर्णय गरेर कार्यान्वयन गर्न नगर प्रहरीलाई निर्देशन दिइएको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले जानकारी दिए। ‘हामीले कार्यपालिकाबाट निर्णय गरेर कार्यान्वयनका लागि पठाइसकेका छौँ’, उनले भने, ‘यो शहरलाई सुन्दर र व्यवस्थित बनाउने सबैको दायित्व हो ।’

gimigroup

त्यसैगरी एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा निर्माणाधीन १४ किलोमिटर ढलसहितको आधुनिक सडकको काम गुणस्तरीय र छिटो सम्पन्न गर्न नगर प्रमुख पदम बोगटीले निर्देशन दिएका छन्।

उनले शुक्रबार सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी, नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरका प्रमुख, नेपाल टेलिकम महेन्द्रनगरका प्रमुख, खानेपानीका प्रमुख लगायतसँग छलफल गरेर सडक निर्माणमा देखिएका अवरोध हटाउन निर्देशन दिए।

नगर प्रमुख बोगटीले सडक निर्माणमा विद्युत् र टेलिकमका खम्बाले समस्या देखिएको बताए।

‘हामीले आयूडीपी, निर्माण कम्पनी, विद्युत्, टेलिकम र खानेपानीका प्रमुखलाई बोलाएर छलफल गरेका छौँ”, नगरप्रमुख बोगटीले भने।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *