hilltake everestbank
 सुदूरपश्चिम प्रदेश कराते महासंघको अध्यक्षमा पाण्डेय

सुदूरपश्चिम प्रदेश कराते महासंघको अध्यक्षमा पाण्डेय

धनगडी – सुदूरपश्चिम प्रदेश कराते महासंघको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डेय चयन भएका छन्।

धनगढीस्थित रंगशालामा आज सम्पन्न भएको सुदूरपश्चिम प्रदेश कराते महासंघको अधिवेशनले त्रैलोक्यनाथ पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय सुदुरपश्चिम् प्रदेश कराते महासंघको कार्यसमितिको चयन गरेको हो।

gimigroup

महासंघको उपाध्यक्षमा हिक्मत भण्डारी र डिल्ली सुवेदी, सचिवमा बहादुर सिंह ओड, सह-सचीवमा बिनोद चन्द र पुष्पराज भट्ट, कोषाध्यक्षमा उमा महतो, सह-कोषाध्यक्षमा नरेन्द्र कार्की निर्बिरोध निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा प्रभाव भण्डारी, नन्दकृष्ण जैशी, दिनेश रावल, हेमा भट्ट, बिजय सिंह ऐरी, मोहन एस। के।, ओमप्रकाश पन्त र किरण बोहरा निर्वाचित भएका छन्।

त्यस्तै केन्द्रिय सदस्यमा गजेन्द्र साउद्लाई चयन गरेको छ भने केन्द्रिय महाधिवेशन प्रतिनिधिमा मकेन्द्र बहदुर सिंह, राजेन्द्र अवस्थी, लिला सिंह बोहरा, दीपेन्द्र देउवा र मोहन एस। के। छनौट भएका छन्।

सुदुरपश्चिम करातेका प्रमुख प्रशिक्षक बिमल खडायतको सभापतित्वमा संचालित उद्घाटन समारोहमा प्रमुख अतिथि सुदुरपश्चिम् प्रदेश खेलकुद परिषदका सदस्य प्रकाश बि।क। रहेका थिए।

यस्तै कार्यक्रममा सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सन्जीता चौधरी, नेपाल कराते महासंघका उपमहासचिव ओमकृष्ण प्रसाई, सुदुर पश्चिमान्चल क्षेत्रीय बिकास समिति र कैलाली जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुखहरु एवं कर्मचारीबर्ग, कराते लगायत विभिन्न खेलका प्रशिक्षकहरु र प्रदेशका स्वयंसेवक कराते प्रशिक्षकहरु र वरिष्ठ कराते खेलाडीहरुको उपस्थिति रहेको थियो।

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *