hilltake everestbank
 नेपाल र भारतका राष्ट्रपतिबीच टेलिफोन वार्ता

नेपाल र भारतका राष्ट्रपतिबीच टेलिफोन वार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय राष्ट्रपति द्रौपती मुर्मुबीच टेलिफोन वार्ता भएको छ।

भारतीय राष्ट्रपति मुर्मुले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएकी छन्।

gimigroup

टेलिफोन वार्तामा दुई देशका राष्ट्रपतिले दुई पक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा कुराकानी गरेका छन्।

केरला भ्रमणमा रहेकी भारतीय राष्ट्रपतिले शुक्रबार साँझ राष्ट्रपति पौडेललाई टेलिफोन गरेकी हुन्। फाल्गुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले २८ गते पद तथा गोपनियताको शपथ लिएका थिए।

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *