hilltake everestbank
 ‘मिसन ग्रासरुट’मा नेता बोहराः बैतडीको २ पालिकाका कमाण्डर, अभियान निरन्तर

‘मिसन ग्रासरुट’मा नेता बोहराः बैतडीको २ पालिकाका कमाण्डर, अभियान निरन्तर

धनगढीः नेकपा एमालेको ग्रासरुट अभियान जारी छ। देशैभर एमालेले पार्टी, संगठन सुधार एवं प्रशिक्षणका लागि अभियान चलाएको हो। जसमा पार्टीले केन्द्रीय सदस्य लगायतका शीर्ष नेताहरु खटिएका छन्।

यसै क्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री तथा एमालेका केन्द्रीय सदस्य पठानसिंह बोहरा बैतडीमा खटिएका छन्। बैतडीको सिगास र सुर्नया गाउँपालिकामा उनी ग्रास रुट अभियानका लागि खटिएका हुन्।

gimigroup

अहिलेसम्म उनले सुर्नया र सिगासमा मिसन ग्रासरुट अभियान अन्तरगत पालिकास्तरीय कार्यक्रम सम्पन्न भएको र अहिले विभिन्न वडाहरुमा कार्यक्रमहरु भैरहेको बताए। उनका अनुसार अहिले सिगासका वडाहरुमा मिसन ग्रास रुटका कार्यक्रमहरु जारी छन्। त्यसपछि सुर्नयामा कार्यक्रमहरु चल्ने छन्।

पार्टी, संगठन बलियो बनाइने, लेवी संकलन तथा सदस्यता नवीकरण गर्ने लगायत कार्यकर्तालाई प्रशिक्षण दिने कामहरु भैरहेको उनले बताए।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *