
हरिद्वारमा ३ सय नेपाली महिलाले सवा करोड बत्ती जलाए, कारण यस्तो !
हरिद्वार (धनगढी) – विश्वप्रसिद्ध कथाकार विजय कौशल महाराजका शिष्य प्रख्यात कथाकार पवननन्दन शास्त्री र विष्णुप्रसादको साथमा बिहीबार साँझ गंगा आरतीपछि नेपालबाट आएका तीन सय महिला भक्तजनले दीप प्रज्वलन गरेका छन्।
कथाकार पवननन्दन शास्त्रीले यी महिलाले महिनावारी गडबडीबाट बच्न गंगाको किनारमा सवा करोड तेल दियो बालेको बताए। वामन पुराणको रेवा खण्डमा यसको वर्णन दिइएको उनले बताए।

पौराणिक मान्यता अनुसार गंगाघाटमा आफ्नै हातले बनाएको सवा लाख दीया जलाउनाले महिनावारीको दोष निको हुन्छ। यही मान्यताअनुसार आज हर्की पैडीमा नेपालका महिलाले ठूलो संख्यामा आफ्नै हातले कपासको बट्टा बनाएर सामूहिक रूपमा जलाउने गरेका छन्। प्रत्येक महिलालेसवा लाख बत्ती बालेका छन्। यसअघि सन् २०१२ मा पनि नेपालका दुई सय महिलाले दीप प्रज्वलन गरेको उनले बताए।