युवाहरू देश बनाउने सोच र सङ्कल्प लिएर हिँड्नुपर्छ : प्रदीप पौडेल

डोटीमा असिना, धनगढीमा पसिना !
धनगढीः हिउँदयाममा पानी नपरेकाले चैतको प्रारम्भमै मुलुकभर गर्मी बढेको छ। सुदूरपश्चिमको धनगढीसहित तराई र भित्री मधेशमा यो वर्ष गर्मी धेरै हुने सम्भावना बढेको छ। चैतको पहिलो सातासम्म पनि पानी नपरेपछि धेरै ठाउँमा खडेरी देखिएको छ।
खडेरी बढ्दै गएकाले मुलुकका धेरै जंगलमा डढेलो सल्केको छ। तर, हिजो साँझ र आज बिहान डोटीमा मुसलधारे असिनापानी परेको छ। बाक्लो असिनाले हिउँदे बाली र तरकारीमा नोक्सानी पुगेको बताइएको छ। बडीकेदार गाउँपालिका–२ खड्यौलीमा सबैभन्दा धेरै असिना परेको हो।

यस्तै धनगढीसहित सुदूरका विभिन्न स्थानहरुमा पनि हल्का वर्षा भएको थियो।